विनाशकारी विपद्‌हरू — चेतावनीको घण्टी ?

December 6, 2022

भर्खरै डोटी र यसका आसपासका जिल्लाहरूमा गएको ६।६ म्याग्निच्युडको भूकम्प अनि यसका पराकम्पका श्रृङ्खलाहरूले यस क्षेत्र तहसनहस बनेको छ, जसमा ६ जनाको ज्यान गएको जानकारी छ । हामीलाई थाहा छ कि स्थलगत रूपमा स्थिति डरलाग्दो छ —ईन्जिनियरिङ नगरिएका ढुङ्गा(माटोले बनेका घरहरू भत्किरहँदा समुदायमा त्रासको स्थिति छ ।

सुदूरपश्चिममा गइरहेका यी भूकम्पहरूले वास्तवमा हामीलाई तयारी अवस्थामा रहनका लागि झक्झकाइरहेका छन् । नेपाल विपद्‌ जोखिम न्यूनीकरण पोर्टलको तथ्याङ्कले देखाएअनुसार सुदूरपश्चिम प्रदेशमा सन् २०११ देखि २०२१ सम्ममा कुल २,११९ वटा विभिन्न विपद्‌सम्बन्धी घटनाहरू भएका छन् । यी विपद्‌हरू पहिरो, बाढी, आगलागी, हावाहुरीलगायतका छन् जसले देखाउँछ कि यो प्रदेश भूकम्पको मात्र नभई अन्य विपद्‌हरूको पनि उत्तिकै जोखिममा छ ।

अहिलेको भूकम्प हामी सबैको लागि एउटा चेतावनीको घण्टी हो । के हामी यस्ता विपद्‌हरू विरूद्ध लड्न पूर्वतयारी अवस्थामा छौँ  त ?

करीब ९ हजार मानिसहरूको ज्यान लिएको र करीब १० लाख घरहरूमा क्षति पुर्‍याएको २०७२ सालको भूकम्पपश्चात् वाग्मती प्रदेशमा विपद्‌ उत्थानशीलता ९प्रतिरोध क्षमता० निर्माणमा उल्लेखनीय प्रगति भएको छ, तथापि सुदूरपश्चिम प्रदेशले भने यसका लागि अझै लामो यात्रा तय गर्नुपर्ने देखिन्छ ।

विभिन्न अध्ययनहरूले देखाएअनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत नेपालको पश्चिमी भूभागमा शक्तिशाली भूकम्प जाने सम्भावना एकदमै बढी रहेको छ, जुन ती प्रदेशमा भएका कम गुणस्तरका भवन तथा पूर्वाधारहरूका कारण विनाशकारी बन्न सक्ने देखिन्छ ।

यूएनडीपीद्वारा गोरखामा गरिएको एक अध्ययनले यो देखाउँछ कि नेपालका करीब ३५ लाख ग्रामीणरपरम्परागत घरहरू असुरक्षितू छन् जसले गर्दा भूकम्पको घटनामा करीब १ करोड ६० लाख मानिसहरूको ज्यान जोखिममा पर्ने देखिन्छ । गोरखामा भूकम्पपछिको पुनर्स्थापना एवं उत्थानशील ९प्रतिरोध० पुनर्निर्माणमा काम गर्दै गर्दा हामीले के सिक्यौँ भने ग्रामीण घरहरूको प्रबलीकरण ९रेट्रोफिटिङ० गर्नु यी समुदायको भूकम्प प्रतिरोधी क्षमता बढाउने एक प्रभावकारी तरिका हुन सक्छ ।
 
२०७२ को भूकम्पजस्तो विपत्‌ले जनजीवनको क्षति गराउने मात्र नभई अति सीमान्तकृत र जोखिममा परेका जनताको जीविकोपार्जनमा सङ्कट ल्याउनुका साथै स्थानीय अर्थतन्त्रमा समेत ठूलो नोक्सान पुर्‍याउनेछ। हालैको दशकमा आएका विपद्हरूका कारण पहिले नै ७८ करोड १० लाख रुपैयाँको आर्थिक घाटा बेहोरिसकेको सुदूरपश्चिम प्रदेशले विपद्‌का कारण यसको अर्थतन्त्रमा हुने थप नोक्सानी ग्रहण गर्न सक्ने देखिँदैन ।

विगत दुई दशकदेखि नेपाल सरकार र यूएनडीपीले पूर्वतयारी,  प्रतिकार्य र पुनरूत्थान लगायत विस्तृत विपद् जोखिम व्यवस्थापनमा अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग मिलेर काम गर्दै आएका छन् । विपद् प्रतिकार्यमा विगतबाट प्राप्त ज्ञानलाई ‘सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना ९सुपर०ु परियोजनाको कार्यान्वयन गर्नमा सुदूरपश्चिम सरकारलाई मार्गदर्शन गर्नमा उपयोग गरिएको छ । युरोपेली संघको आर्थिक सहयोग रहेको तथा यूएनडीपी, यूनिसेफ र यूएन वुमनको सहव्यवस्थाद्वारा कार्यान्वयन गरिएको यस परियोजनाले थुप्रै पद्धतिहरूको परीक्षण गरेको छ जुन अन्य प्रदेशहरूको लागि समेत भविष्यका विपत्‌हरूप्रति उत्थानशीलता निर्माण गर्नमा उपयोगी हुनसक्छन् ।

सर्वप्रथम त कुनै पनि विपत्‌बाट हुने नोक्सानी र क्षतिको मात्रा घटाउनमा पूर्वतयारी नै महत्वपूर्ण हुन्छ । यसमा सरकारका सबै तहहरूमा र साथसाथै व्यक्तिगत र सामुदायिक स्तरमा समेत पूर्वतयारी गर्नुपर्ने आवश्यक्तामा जोड दिइन्छ । सानै स्तरको भएतापनि, सुदूरपश्चिम प्रदेशले यो एउटा राम्रो उदाहरण प्रदान गर्दछ कि कसरी हामीले आवश्यक नीति तथा संस्थागत व्यवस्थापनका साथै सञ्चारको क्षेत्रमा एकैसाथ काम गरेर विपद्का लागि सिंगो समाजलाई तयार गर्न सक्छौँ ।

सुदूरपश्चिम प्रदेशले अहिले प्रदेशिक विपत्‌ प्रतिकार्यको एक यस्तो ढाँचा तयार गरिरहेको छ जुन हाल अवस्थित भवनहरूको जोखिम मूल्याङ्कन, भूकम्पको प्रभावबाट भएको गम्भीरताको स्तर निर्धारण गर्ने परिदृश्यमा आधारित प्रभाव मोडेलिङ, र विपत्‌ पूर्वतयारीमा सहायता गर्न प्रदेश र स्थानीय तहमा गरिएका अनुकरणात्मक ९सिमुलेशन० अभ्यासहरूद्वारा सूचित छ ।  

नीतिगत मोर्चामा सुधारका साथसाथै यस प्रदेशले २४ सै घण्टा निगरानी, सूचना व्यवस्थापन र समन्वयात्मक प्रतिकार्यका साथै जनचेतनामूलक कार्यहरूमार्फत् आफ्ना आपतकालीन सञ्चालन केन्द्रहरूलाई सुदृढ गर्दै आएको छ ।
 
दोस्रो, स्थानीय समुदायलाई संलग्न गराउनु विपद्को सामना गर्ने सबैभन्दा प्रभावकारी र कुशल तरिका हो । अप्ठ्यारा पहाडी भूभागमा छरिएका बस्तीहरू रहेको हाम्रो जस्तो स्रोतसाधनको अभाव भएको देशका लागि राज्यको स्वामित्वमा रहेका संयन्त्रद्वारा मात्रै प्रभावकारी विपद् प्रतिकार्य सहायता पुर्‍याउन सकिँदैन । सामुदायिक स्वयंसेवकहरू परिचालन गरेमा त्यसले विश्वासिलो समाधान प्रदान गर्दछ । सुदूरपश्चिममा  प्राथमिक उपचार,  खोज र उद्धार तथा अग्निनियन्त्रणमा प्रशिक्षित सामुदायिक आपतकालिन प्रतिकार्य टोली ९कम्युनिटी इमर्जेन्सी रेस्पोन्स टोली, ऋभ्च्त्० का स्वयंसेवकहरू अब विपद्को अवस्थामा पहिलो प्रतिकार्यकर्ताको रूपमा काम गर्न तयार भइसकेका छन् ।

तेस्रो र अन्तिम, विपत् प्रतिकार्य योजनाहरूले सबैभन्दा जोखिममा परेका मानिसहरूलाई केन्द्रमा राख्नुपर्छ किनभने तिनीहरू कुनै पनि विपत्‌बाट सबैभन्दा बढी प्रभावित हुन्छन् र प्रायः तिनीहरूमा त्यसको सामना गर्ने क्षमताको अभाव हुन्छ । उदाहरणका लागि, हालैका भूकम्पहरूमा  छ जनाको मृत्यु भएकोमा चार जना महिला थिए । त्यसैले हाम्रो विपद् पूर्वतयारीले सबैभन्दा जोखिममा परेकाहरूको सवाललाई सम्बोधन गर्ने नीति एवं राहत प्याकेजहरू बनाएर समावेशी प्रतिकार्य सुनिश्चित गर्नुपर्छ ।
 
जोखिम उत्थानशील पद्धतिले प्राविधिक समाधानहरूलाई मात्र लक्षित गर्नुहुँदैन । २०७२ को भूकम्पबाट सिकेको पाठमध्येको एउटा यो हो कि भूकम्प प्रतिरोधी घरहरू बनाउन इन्जिनियरिङ समाधान उपलब्ध गराउनुमात्र उत्थानशीलता निर्माण गर्नका लागि पर्याप्त हुँदैन, यसका साथै समाधानमा जनताको स्वामित्व सुनिश्चित गर्न अझै धेरै गर्नुपर्ने आवश्यक्ता छ । अन्ततः ती जनता नै हुन् जसले समाधानको मार्गदर्शन गर्नुपर्दछ ।

परिष्कृत विपद् पूर्वतयारी र समन्वयात्मक प्रतिकार्य सुनिश्चित गर्न सक्रिय कदमहरू चालिएका त छन् नै, यद्यपि, हालैका भूकम्पहरू कुनै पनि आसन्न विपत्‌हरू विरुद्धको पूर्वतयारीका लागि तत्काल र समन्वयात्मक कार्यवाही गर्न सबैलाई झक्झकाउने चेतावनीको आवाज भने पक्कै बनेका छन् ।